नियम ३१
चुम्बकीय तथा गुरुत्वाकर्षण सर्भेक्षण
: (१) चुम्बकीय तथा गुरुत्वाकर्षण सर्भेक्षण सम्बन्धमा ठेकेदारले देहायको कुराहरू विभागमा पेश गर्नु पर्नेछ :
(क) १ः५०,००० र १ः२५०,००० मानको उडान मार्ग नक्शा ।
(ख) हवाई चुम्बकीय अभिलेखण टेप ।
(ग) पृथ्वीको चुम्बकीय क्षेत्र (माग्नेटिक फिल्ड) को दैनिक अभिलेख ।
(घ) चुम्बकीय तथा गुरुत्वाकर्षण सर्भेक्षण कार्यमा प्रयोग भएको उपकरणको विवरण ।
(ङ) पारदर्शी र कागजी प्रिन्टमा ठेकेदारले प्रयोग गरेको मानको साथै मान १ः५०,००० र १ः२५०,००० को भौगर्भिक बनौटको नक्शा तथा तल्लो भाग (वेसमेण्ट) को गहिराइ र चुम्बकीय तथा गुरुत्वाकर्षणको असर (इन्टेनसिटी) देखिने नक्शासहित खण्ड (क), (ख) र (ग) को विवेचनासम्बन्धी प्रतिवेदन ।
(२) खण्ड (क), (ख), (ग) र (घ) सम्बन्धी प्रतिवेदन चुम्बकीय तथा गुरुत्वाकर्षण सर्भेक्षण कार्य पूरा भएको तीस (३०) दिनभित्र र खण्ड (ङ) सम्बन्धी प्रतिवेदन त्यस्तो कार्य पूरा भएको नब्बे (९०) दिनभित्र पेश गर्नु पर्नेछ ।